
काठमाडौं, ४ मंसिर । बाजुराको एक मतदानस्थलमा गोली चल्दा ३ जना घाइते भएका छन् ।
त्रिवेणी नगरपालिका-७ मा रहेको मतदानस्थलमा मतदानका क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।
घाइते तीनजनामध्ये एकको अवस्था गम्भीर भएको बताइएको छ । घाइतेहरुको पहिचान भइसकेको छैन ।
उनीहरुलाई सेनाको हेलिकप्टरबाट अस्पताल पठाइएको छ ।













प्रतिक्रिया