२९ आश्विन २०८३, बिहिबार

तामाकोशी गाउँपालिकामा १५ राउण्ड गोली चल्यो, एक प्रहरी घाइते

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । दोलखाको तामाकोशी गाउँपालिकामा रहेको कालापानी मावि मतदानस्थलमा गोली चलेको छ ।

सत्तागठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले १५ राउण्ड हवाई फायर गरेको हो । राजनीतिक दलका कार्यकर्ताले प्रहरीमाथि नै आक्रमण गर्दा एक प्रहरी घाइते भएका छन् ।

मतदानस्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरीको कमाण्डो फोर्स र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।