
काठमाडौं, ३ मंसिर । विराटनगरमा शनिबार बिहान शंकास्पद वस्तु फेला परेको छ ।
विराटनगर महानगरपालिका-३ पुष्प मार्गको सडक छेउमा बम जस्तै शंकास्पद वस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले अहिले सडकमा आवत जावत बन्द गराएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद निष्क्रिय बनाउने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।













प्रतिक्रिया