५ कार्तिक २०८३, बिहिबार

प्रहरी महानिरीक्षक अर्यालले भूकम्प प्रभावित जिल्ला अवलोकन गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-Kanta-Aryalकाठमार्डौँ, २८ वैशाख । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक र काभ्रे जिल्लामा क्षति भएका प्रहरी इकाइको आज स्थलगत अवलोकन गर्नुभयो ।
अवलोकनका क्रममा उहाँले त्यहाँ खटिएका प्रहरी कर्मचारीलाई उद्धार, राहत वितरण, भग्नावशेष हटाउन, सरसफाइ गर्न निर्देशन दिनुका साथै प्रहरीद्वारा गरिएका घुम्ती स्वास्थ्य सेवालगायतका गतिविधिका बारेमा जानकारी गराउनुभयो ।

सो क्रममा प्रहरी महानिरीक्षक अर्यालले भूकम्पमा परी क्षतिग्रस्त भएकामध्ये जिल्ला प्रहरी कार्यालय काभ्रेअन्तर्गत प्रहरी चौकी सीपाघाट तथा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक मातहत इलाका प्रहरी कार्यालय मेलम्ची, इलाका प्रहरी कार्यालय बाह्रबिसे, सीमा प्रहरी चौकी कोदारी तातोपानी, प्रहरी चौकी बलेफी र प्रहरी चौकी लामुसाँघुसमेतको स्थलगत अवलोकन गर्नुभयो ।

प्रहरी महानिरीक्षक अर्यालको साथमा प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापा र मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब महानिरीक्षक देवेन्द्र सुवेदीलगायतका प्रहरी अधिकृतसमेतको सहभागिता थियो । रासस