२ कार्तिक २०८३, सोमबार

२४ घण्टामा ५८ हजार जनाले राजधानी छोडे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्ला जान तयारी अवस्थामा रहेका दोलखाका मतदाताहरू ।

काठमाडौं, २ मंसिर । प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन हुन केही घण्टा मात्रै बाँकी रहँदा काठमाडौंलगायत ठूला सहरहरूबाट मानिसहरू आ–आफ्नो जिल्ला फर्किने क्रम बाक्लिएको छ ।

यसैक्रममा सङ्घीय राजधानी सहर काठमाडौंबाट पछिल्लो २४ घण्टाको अवधिमा ५८ हजार मतदाता आ–आफ्नो जिल्ला गएका छन् ।

प्रतिनिधि र प्रदेश सभा निर्वाचन आगामी आइतबार हुँदैछ । निर्वाचन प्रयोजनका लागि हिजो बिहीबार राति १२ बजेपछि मौन अवधि लागू भएको छ । जस अनुसार सम्पूर्ण राजनीतिक गतिविधि ठप्प छ ।

मतदातालाई निर्वाचनमा कसलाई मत हाल्ने भन्ने सोच विचार गर्नका लागि स्थिर समयको व्यवस्था गरिएको हो । मतदान मंसिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।