१ कार्तिक २०८३, आइतबार

‘तटस्थ र व्यावसायिक रुपमा पर्यवेक्षण गर्नुस्, निर्वाचनलाई दुषित बनाउने दुष्साहस नगर्नुस्’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनमा तोकिएको कार्यक्षेत्रमा तटस्थ र व्यावसायिक रुपमा पर्यवेक्षण गर्न आग्रह गरेका छन् ।

आज शुक्रबार आम निर्वाचन पर्यवेक्षण समितिले काठमाडौंमा गरेको निर्वाचन पूर्वपर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा थपलियाले पर्यवेक्षणले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आयोगलाई नै सहयोग पुग्ने भएकाले तटस्थ र व्यावसायिक रुपमा पर्यवेक्षण गर्न आग्रह गरेका हुन् ।

पर्यवेक्षणका क्रममा देखिएका त्रुटीलगायत विषय तत्कालै आयोगलाई जानकारी गराए निर्वाचनलाई थप स्वच्छ बनाउन मद्दत पुग्ने उनको भनाई छ । थपलियाले मतदानस्थल र मतदान केन्द्रहरू मतदाताका लागि पहुँचयोग्य र सहज तुल्याइएको जानकारी दिए ।

त्यस्तै थपलियाले निर्वाचनको शान्त तलाउलाई दुषित बनाउने दुष्साहस नगर्न समेत आग्रह गरेका छन् । उनले निर्वाचनलाई सम्पन्न गर्नका लागि कानूनको पालना गर्न समेत आह्वान गर्दै कानूनले कसैलाई ठूलो वा सानो नभन्ने बताए ।

कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै आम निर्वाचन पर्यवेक्षण समिति जियोकले निर्वाचन पूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको तथा विगतको तुलनामा सुदृढ रूपमा निर्वाचनको तयारी भएको जनाएको छ ।

त्यस्तै यसपटकको निर्वाचनमा प्रचार प्रसारका क्रममा बिगतमा तुलनामा दलहरु संयमित भएको देखिएको समेत जियोकले जनाएको छ ।