१ कार्तिक २०८३, आइतबार

भक्तपुरमा २७ वर्षीया महिला बलात्कृत, सुरेन्द्र प्रधान पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २ मंसिर । भक्तपुरमा २७ वर्षीया महिला बलात्कृत भएकी छिन् ।

ती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रधानले २०७८ चैत ३० गतेदेखि विभिन्न स्थानमा र अन्तिम पटक गत कात्तिक १० गते मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित पीडितकै कोठामा जबरजस्ती करणी गरी फरार भएको उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं डिल्लीबजारबाट पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।