
तनहुँ, १ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ क्षेत्र नं २ (ख) का उम्मेदवार केदार सिग्देलले गठबन्धन सरकारले राष्ट्रघाती काम गरेको बताएका छन् ।
एमसीसीमा देशमा त्यति धेरै विरोध हुदाँ पनि गठबन्धनमै आवद्ध दलले सडकमा कार्यकर्ता उतारेर विरोध गर्ने तर संसदमा वहुमतको नाममा पास गरेर राष्ट्रघात गरेको बताए । एमसीसीमा जस्ताको तस्तै पास गरेर देशलाई खेलमैदान वनाएको समेत बताए ।
त्यसैगरी नेपाली नागरिकता विधेयकमा पनि एमालेले रोकेको तर बहुमतको नाममा पटक–पटक पास गरेर राष्ट्रपतिकहाँ सिफारिश गरेर देशलाई भड्खलामा जाक्न खोजेको छ, सिग्देललले भने ।
‘एमालेले त्यसको सशक्त प्रतिवाद गरेको तर गठबन्धन र सरकारको कुर्ची जोगाउने नाममा पास गरेको छ । तर त्यो राष्ट्रपति कार्यलयमा विचाराधिन रहेको बताए । सरकार र सत्ता जोगाउन जस्तो पनि सम्झौता गर्ने गठबन्धन सरकार जति सत्तामा रहन्छ । देश हितविपरीत काम गरिरहन्छ,’ सिग्देलले भने ।
गठबन्धन नै देशका लागी घातक भएको सिग्देलको टिप्पणी रहेको थियो । लोकतन्त्रका स्वच्छ प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्नुपर्नेमा सत्तासिन दलहरू नै गठवन्धन गरेर विपक्षी दल एमालेको विरुद्धमा लागेर चुनावमा गएको हुँदा गठबन्धन दल कति कमजोर रहेको छ भन्ने पुष्टि भएको बताए । निर्वाचनमा आफ्नो दलको घोषणापत्र लिएर जानुपर्नेमा गठबन्धनका नाममा जनतलाई भ्रमित पारेको समेत सिग्देलले बताए ।
‘जनताले अब देश र जनताको पार्टी को हो भन्ने बुझेका छन् । अत: गठबन्धन सरकार बनाएर देशमा सधै अस्थिरता निम्त्याउने कि एमालेलाई जिताएर समृद्ध नेपाल निर्माण गर्ने जनताको हातमा रहेको छ । जनता नै सार्वभौम छन्, फैसला गर्ने समय आएको छ । पक्कै पनि जनताले समृद्ध नेपाल सुखी नेपालीको अभियानकर्ता एमालेलाई साथ दिनेछन्,’ सिग्देलले भने ।
सो कुरा सिग्देलले चुनावी प्रचारको सन्दर्भमा आयोजित कोणसभालाई सम्बोधन गर्ने क्रममा बताएका हुन् ।















प्रतिक्रिया