१ कार्तिक २०८३, आइतबार

विभिन्न पार्टी परित्याग गरी दोलखाको गौरीशंकरका सयौँ युवा एमालेमा प्रवेश

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १ मंसिर । नेकपा एमाले दोलखामा विभिन्न पार्टी परित्याग गर्दै प्रवेशको लहर चलिरहेका बेला आज गौरीशंकर गाउँपालिका–६ चङ्खुका सयौँ युवा एमालेमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसमा आबद्ध युवाहरू नेकपा एमालेमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा क्रमश लुवांसाका सांगे शेर्पा, पेम्बा शेर्पा, किपा शेर्पा, पेमा शेर्पा, प्रेम डिमा शेर्पा, प्रेम तेञ्जी शेर्पा, चंखुका कुंगा शेर्पा, कुछिरी शेर्पा, बिदुर शेर्पा, दीपेन्द्र गुरुङ, दिपेश गुरुङ, चेन्जी गुरुङ, न्यूटन गुरुङ, ठूसाङ शेर्पा, दाबा शेर्पा, पासाङ शेर्पा, श्याघें शेर्पा, पासाङ दाबा शेर्पा, लार्गे शेर्पा, लाम्पा शेर्पालगायत दर्जनौं छन् ।

उनीहरुलाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्रीद्वय आनन्द प्रसाद पोखरेल र पार्वत गुरुङ तथा प्रतिनिधिसभा सभा सदस्य उम्मेदवार बालकृष्ण शिबाकोटीले खादा र मालाा लगाएर प्रवेश पार्टीमा स्वागत गरे ।

दोलखा माओवादीमा पहिरो

दोलखा दोलखा माओवादीमा पहिरो गएको छ । जिल्लाका गौरीशंकर र कालिन्चोक गाउँपालिकाका सयौ युवाहरु एमाले प्रवेश गरेका हुन ।

नेकपा एमाले दोलखा–काठमाण्डौ सम्पर्क मन्चद्वारा आयोजित एक कार्यक्रमका बीच गौरीशंकर गाउँपालिका वडा नं ३ बाट माओवादी परित्याग गरी दर्जन भन्दा धेरै युवा नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

त्यस्तै, नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीको गृहक्षेत्र सुनखानीमा भने माओवादी रित्तिन थालेको छ । कालिञ्चोक गाउँपालिका वडा नं ७ माओवादी पार्टी नेतृत्व र सरकारप्रति असन्तुष्ट व्यक्त गर्दै सूर्यमा मतदान गर्ने र सधंै सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्दै एमालेमा प्रवेश गरेका हुन् ।

माओवादी परित्याग गर्ने नेताहरुमा रमेश श्रेष्ठ, अमृत श्रेष्ठ, रामकृष्ण बुढाथोकी, नवीन श्रेष्ठ, समीर श्रेष्ठलगायत दर्जनौ युवाहरु छन् । उनीहरुलाई पार्टी केन्द्रीय सदस्य रचना खड्का र प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले खादा लगाएर प्रवेश गराए ।