१ कार्तिक २०८३, आइतबार

एमालेसँग भिड्न चोरबाटोबाट लुकेर होइन खुलमखुला आउन ओलीको चुनौती

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग भिड्न चोरबाटोबाट लुकेर होइन खुलमखुला आउन गठबन्धलाई चुनौती दिएका छन् ।

झापाको निर्वाचन क्षेत्र नम्बर १ स्थित इट्टाभट्टामा आज आयोजित चुनावी आम सभालाई सम्बोधन गर्दै ओलीले अब एमालेसँग भिड्न विभिन्न चोरबाटोबाट लुकेर होइन खुल्ला जनमत लिएर देखाउन चुनौती दिएका हुन् । एमालेसँग अगाडिबाट भिड्न नसकेर चोरबाटो हुँदै अदालतको सहारा लिएर सत्तामा पुग्ने सपना अब नदेख्न पनि ओलीले सचेत गराएका छन् ।

अध्यक्ष ओलीले सत्ताधारी दलहरूबीचको सहकार्य गठबन्धन नभई शेरबहादुर देउवा र प्रचण्डको मिलेमतो मात्र भएको बताउँदै मंसिर ४ गतेपछि गठबन्धन समेत नरहने दाबी गरेका छन् ।

एमालेले जिताएका सांसदहरूकै प्रयोगबाट विभिन्न षडयन्त्र गरेर स्वार्थका साथ गो गठबन्धन र सत्ता निर्माण भएको भन्दै ओलीले अब नेपाली जनाताले मसिंर ४ गते देशभक्त कि राष्ट्रघाती, विकास र समृद्धिको पक्षमा कि पश्चगमनको पक्षमा उभिने निर्णय गर्ने महत्वपूर्ण दिन भएकाले सचेत भएर एमालेको पक्षमा मतदान गर्न आह्वान पनि गरेका छन् ।