२९ आश्विन २०८३, बिहिबार

कसले बाजी मार्ला बर्दिया-२ मा ?

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । मंसिर ४ को निर्वाचनमा बर्दिया प्रतिनिधि सभा क्षेत्र नं २ मा दुई स्वतन्त्रसहित ८ जनाको उम्मेदवारी परेको छ ।

यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट पंकज सिंह राठौर, गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थ, राप्रपाका विनय रावल र नागरीक उन्मुक्ती पार्टीको सर्मथन रहेका स्वतन्त्र उम्मेदवार लालवीर चौधरीको प्रतिस्पर्धा हुने देखिएको छ ।

मुख्य प्रतिस्पर्धामा देखिएका तीन जना समाजसेवीका हिसावले बढि परिचित छन् । टिकापुर घटनाको मुद्दामा कैद भुक्तान गरिरहेका रेशम चौधरीको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेपछि उनका बुवा लालवीर चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले सर्मथन गरेको छ । टिकापुर स्थायी ठेगाना भएका लालवीरको बर्दियामा खासै राजनीतिक भूमीका थिएन । स्वतन्त्र उम्मेदवारी दिएका उनको समर्थन यसै निर्वाचन देखि बर्दियामा संगठन विस्तार गरेको नागरिक उन्मुक्ति पार्टीले सर्मथन गरेको छ ।

अर्का प्रतिस्पर्धी विनय रावललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडि सारेको छ । रावल केही महिना अघि राप्रपा प्रवेश गरेका थिए । यसअघि नेपाली काँग्रेसमा सक्रिय रावल महाधिवेशन प्रतिनीधि समेत भएका थिए । नेपाली काँग्रेसले अवसर दिँदा दिँदै पनि पार्टी छोडेर अर्को पार्टीको उम्मेदवार भएको कतिपयको आरोप छ । उनी पुर्व गर्भनर तिलक रावलका छोरा हुन् । उनको घर जग्गा बर्दियामा भएपनि स्थायी बसोबास नभएको स्थानीयहरु बताउँछन् । समाजसेवीको रुपमा पहिचान बनाएका उनी युवाहरु माझ लोकप्रिय बन्दै गएका छन् ।

नेकपा एमालेले बर्दिया क्षेत्र नं २ को उम्मेदवारको रुपमा पंकज सिंह राठौरलाई अगाडी बढाएको छ । गेरुवा गाउँपालिका निवासी राठौर चुनावी प्रतिस्पर्धा अब्बल देखिँदै आएका छन् । स्थानीय भन्दा पनि केन्द्रिय राजनीतिमा धेरै रमाएका उनलाई यस क्षेत्रमा समाजसेवी राजनीतिज्ञको रुपमा चिन्छन् । धेरै बोल्न नचाहने र सालिन नेताको पहिचान बनाएका राठौरलाई चुनावी मैदानमा कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । बर्दियामा भन्दा काठमाडौँमा धेरै बस्ने भएको हुँदा कार्यकर्ता माझ लोकप्रिय भएपनि बर्दियाली जनताले कमै मात्रामा चिन्ने गरेको गुनासो गर्छन् ।

बर्दिया –२ का अर्का अब्बल प्रतिस्पर्धी हुन् गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका उम्मेद्वार सुरेश पन्थ । बर्दियाको मधुवन नगरपालिका ४ ढोढरीमा घर भएका पन्थ जनता माझ लोकप्रिय नेता हुन् । कोरोना संकटको समयमा समाजसेवीको रुपमा बर्दिया फर्किएका पन्थ त्यसपछि बर्दिया मै बसेका छन् । यसअघि उनी बर्दियाको ढुँगा गिट्टी बालुवाको ठेक्का पट्टामा समेत संलग्न रहेको स्थानीयले बताएका छन् । उनी संलग्न रहेको क्रेसर उद्योगले मधुवन नगरपालिकामा ढँुगा गिट्टी बालुवाको ठेक्का बापतको रकम ७३ लाख भुक्तानी गर्न बाँकी रहेको छ । राजश्व हिनामिना नगरेको आरोपमा उनको स्थानीय तहमा व्यापक विरोध भएको छ ।

स्थानीय पार्टी कमिटीमा खासै प्रभाव नभएपनि माथिको पावर र पहुँचको आधारमा टिकट ल्याएको कारणले उनीबाट कार्यकर्ताहरु नै असन्तुष्ट छन् । कतिपय कार्यकर्ताहरुले उनलाई मानव बेचविखन र तस्करमा संलग्न रहेको आरोप लगाउँछन । नाम नखुलाउने शर्तमा एक कार्यकर्ताले बताए –‘उनी बर्दियाको ढोढरीमा सामान्य घरपरिवारमा हुर्केको मान्छे, एक्कासी यस्तो पैसावाला कसरी बन्न सक्छ । सामान्य व्यवसायले कसरी यति धेरै प्रगति हुन्छ ।’

पन्थ यस अघि नेपालीलाई नेपाल तथा भारतको बाटो हुँदै बैदेशिक रोजगारमा पठाउने काम गर्थे । भने सन् २०१५ जुनमा बैदेशिक रोजगारमा पठाउने भन्दै पाँच जनाबाट आठ लाखका दरले ४० लाख रकम ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । उनलाई इटाली र स्पेन पठाउने भन्दै रकम असुल गरी ठगेको आरोप लागेको थियो ।

स्थानीय चुनावको वडाध्यक्षको मत परिणामलाई हेर्ने हो भने नेकपा एमालेको मत २३ हजार २९० रहेको छ भने सत्ता गठबन्धनको मत ७० हजार तिन सय ९२ रहेको छ । सत्ता गठबन्धन र एमालेको मतको मतान्तर ४७ हजार एक सय २ रहेको छ । स्थानीय चुनावको मत परिणामको अनुसार सत्ता गठबन्धन नै बलियो देखिन्छ ।