१ कार्तिक २०८३, आइतबार

सरकारले जबरजस्ती हटाउन खोजेपछि सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोबासीद्वारा प्रदर्शन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । सरकारले आफूहरुलाई जवरजस्ती हटाउन पटक–पटक सूचना प्रकाशित गरी दबाब सृजना गरेको भन्दै भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलगायतले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले खोला किनाराका अवैध घरटहरा हटाउन अल्टिमेटम जारी गरेपछि संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल सुकुम्वासी व्यवस्थापन संघलगायत दर्जन बढी संघसंगठनहरुको अगुवाइमा माइतिघरदेखि बानेश्वरसम्म खबरदारी र्‍याली निकालेका हुन् ।

आफूहरुलाई प्रमाणित हुने समय समेत नदिइ अल्टिमेटम दिएको, बसोबासको ग्यारेन्टी नगरिएको र आफूहरुको बाँच्ने अधिकार खोस्न लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । र्‍यालीमा सहभागीहरुले सुकुम्वासीको उचित व्यवस्थापन गर, भूमिहिन एक हौ, हामी न्याय चाहन्छौ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

समितिले केहि दिन अघि सार्वजनिक सूचना जारी गर्दै खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गर्दै नहटाए बल प्रयोग गरेर हटाउने चेतावनी दिएको थियो ।