
काठमाडौं, १ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ मा नेकपा एमाले झनै बलियो बनेको छ ।
राप्रपा नेपाललले पनि एमालेलाई साथ दिने निर्णय गरेपछि एमाले झनै बलियो बनेको हो । क्षेत्र नम्बर १ मा एमालेबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा किरण पौडेल रहेका छन् ।
राप्रपा नेपालकी प्रतिनिधि सभा उम्मेदवार शान्ति केसीले उम्मेदवारी फिर्ता लिएर एमालेका पौडेललाई सघाउने निर्णय गरेको हो ।
यस्तै, राप्रपाबाट प्रदेशसभातर्फ १ का द्वारिकानाथ ढुंगाना र २ का उम्मेदवार सबिना श्रेष्ठको पनि उम्मेदवारी निस्क्रिय पार्दै १ मा रामप्रसाद अमगाईँ र २ मा गणेशप्रसाद दुलाललाई सघाउने निर्णय राप्रपा नेपालले गरेको हो ।













प्रतिक्रिया