१ कार्तिक २०८३, आइतबार

कम्तीमा पनि ६० हजार मत ल्याएर ऐतिहासिक जित निकाल्दैछौँ : महेश बस्नेत

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १ मंसिर । भक्तपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुरबाट एमालेले कम्तीमा पनि ६० हजार मत ल्याएर ऐतिहासिक जित निकाल्ने दाबी गरेका छन् ।

निर्वाचन परिचालन कमिटी भक्तपुर क्षेत्र नं. १ ले बुधबार आयोजना गरेको क्षेत्रीय चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका बस्नेतले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको मिति बिर्सिएको विषयलाई लक्षित गर्दै जनताले मंसिर ४ गते सूर्यमा भोट दिने र ६ गते रुखमा भोट दिने बताए । प्रधानमन्त्री देउवाले केही समयअघि एक कार्यक्रममा मंसिर ४ मा हुने निर्वाचनलाई मंसिर ६ गते हुने भनी अभिव्यक्ति दिएका थिए ।

निर्वाचनको मिति समेत स्पष्ट जानकारी नहुनेगरी बुढो भइसकेका व्यक्तिले देश चलाउने र जनताको असीमित आकांक्षा पूरा गर्ने कल्पना समेत गर्न नसकिने बताउँदै बस्नेतले मुलुक निर्माणका लागि एमालेका अध्यक्ष केपी ओली जस्तो दुरदृष्टि भएको नेतालाई प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले लुम्बिनीमा आयोजित एक कार्यक्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि भएको एक कार्यक्रममा स्टेजमा नै र्‍याल चुहाएको प्रशंगलाई समेत कोट्याउँदै उनले प्रधामन्त्री देउवाले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा र्‍याल चुहाउने, निदाउने, सिंगान झार्नेलगायत कार्यहरू गरी देशको नै बेइजत गरेको भन्दै आक्रोश पनि जनाउनुभयो ।

नागरिकता विधेयक, एमसीसी, एसपीपी जस्ता राष्ट्रघाती कार्य गर्ने गठबन्धन सरकार देश र जनताको पक्षमा नरहेको उल्लेख गर्दै उनले हिजो एमालेलाई प्रतिगमन भन्नेहरू राष्ट्रघाती रहेको तथ्य एक पछि अर्को गर्दै जनताले बुझ्दै गएको बताए । मुलुकको हित छान्ने की मुलुकको बर्बादी छान्ने भन्ने कुरा आगामी निर्वाचन रहेको उल्लेख गर्दै उनले गठबन्धनले देशलाई दिनानुदिन अधोगतिमा लान खोजे पनि एमालेले सशक्त प्रतिवाद गरी दुर्घटनाबाट बचाइरहेको दाबी गरे ।

‘आगामी निर्वाचनमा जनताले मुलुकको हित चाहने हो भने एमाले छान्नुपर्नेछ । मुलुकको बर्बादी छान्ने हो भने गठबन्धनलाई गठबन्धनलाई भोट हाल्नुपर्नेछ । त्यस्तै आम नेपाली जनताले मुलुक वर्वादी गर्ने गठबन्धनलाई हैन, एमालेलाई भोट हाल्नु अपरिहार्य बनेको छ,’ बस्नेतले भने ।