– शिबलाल सुबेदी
गुल्मी २८ वैशाख । गुल्मीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । चट्याङ लागेर जिल्लाको पौदीअमराई गाविस ८ की ४८ बर्षीय धनिश्वरा पाठक र मुसिकोट गाविस ६ की ४३ बर्षिया सुमित्रा खरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
त्यस्तै जिल्लाको नयाँगाउँ २ की ५५ बर्षीय पबित्राजिसी चट्याङ लागेर गम्भिर घाईते हुनुभएको छ । घाईते जिसीको जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि सोमबार लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ ।
यता जिल्लाको हस्तिचौर गाविसमा सिमी र आलुको तरकारी खादाँ एकै परिवारका ३ र छिमेकी ३ जना बिरामी परेका छन् । यसरी बिरामी हुनेहरुमा हस्तिचौर २ की २७ बर्षीय जुना पछाई, उनकी १० बर्षीय छोरी स्नेहा पछाई र अर्की ६ बर्षीय छोरी सूचना पछाई रहेका छन् भने छिमेकी हस्तिचौर २ मै बस्ने लक्ष्मी पछाई र अनिता लम्साल बिरामी परेको प्रहरीले जनाएको छ ।
बिरामी सबैको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको बताइएको छ । बिरामी सबैमा रिगटा लाग्ने, बान्ता हुने, बेहोस हुने जस्ता लक्षणहरु देखा परेपछि स्थानीयले अस्पताल ल्याएका थिए । उनीहरुमा केही सुधार आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक अम्बिका प्रसाद गुप्ताले जानकारी दिए ।
















प्रतिक्रिया