५ कार्तिक २०८३, बिहिबार

शौचालय जाँदा मोरङमा एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २८ वैशाख । मोरङको बयरवनमा आफ्नै घरको बरण्डाबाट लडेर एक ब्यक्तिको मृत्यु भएको छ । बयरवन ८ का ५५ वर्षिय गंगाराम गुँरागाईको आफ्नै घरको बरण्डाबाट लडेर आईतबार राति मृत्यु भएको हो ।

राती १० बजे शौचालय जान बाहिर निस्कने क्रममा उनी अचानक लडेका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागी बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।