१ कार्तिक २०८३, आइतबार

गठबन्धनले जिते ६ महिनासम्म सरकार बनाउनै सक्दैन, अनि अस्थिरता सुरू हुन्छ : केपी ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले चुनाव जिते ६ महिनासम्म सरकार बनाउनै नसक्ने दाबी गरेका छन् ।

आज सोमबार चितवनमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै ओलीले स्वार्थका लागि मात्रै गठबन्धन बनेकाले गठबन्धनले चुनाव जिते ६ महिना सरकार बन्न नसक्ने दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले गठबन्धनले जिते फेरि राजनीतिक अस्थिरता सृजना हुने भन्दै राष्ट्रियता, विकास र स्थिरताका लागि एमालेको जित आवश्यक रहेको धारणा व्यक्त गरे ।

त्यस्तै उनले गठबन्धन देशका लागि अभिसाप भएकाले आगामी निर्वाचनबाट फाल्नैपर्नेमा जोड दिएका छन् । ओलीले वर्तमान गठबन्धनको सरकारले मुलुकको आर्थिक व्यवस्थालाई तहसनहस पारेको जिकिर पनि गरेका छन् ।

उनले बिगतमा गरेका काम र वर्तमानका साथै भविष्यको योजना घोषणापत्रमा स्पष्ट राखेको जानकारी मतदातालाई दिएका छन् ।