
काठमाडौं, २८ कात्तिक । सर्वोच्च अदालतले ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने फैसला सुनाएको छ ।
सोमबार भएको सुनवाईपछि सर्वोच्चले तोसिमाको उम्मेदवारी कायम रहने अन्तिम फैसला सुनाएको हो । न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम रहने फैसला गरेको हो ।
यसअघि निर्वाचन आयोगले कार्की लाभको पदमा रहेको पाइएको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसकाविरुद्व तोसिमाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
यसअघि सर्वोच्चले उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । फेरि सर्वोच्चको अल्पकालीन आदेशविरुद्व निर्वाचन आयोग सर्वोच्च गएको थियो ।














प्रतिक्रिया