१ कार्तिक २०८३, आइतबार

डोटीका भूकम्पपीडितलाई राहत सामग्री सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । गैरआवासीय नेपाली संघको आयोजना तथा सहयोग तथा कैलाली उद्योग वाणिज्य संघ र डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको छ ।

जिल्ला विपत व्यवस्थापन समितिमार्फत भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी बराबरको राहत सामग्री सहयोग गरिएको बताइएको छ ।

उक्त ठाउँमा भूकम्पमा परेर जनधनको क्षति भएपछि एनआरएनएले धनगढी उद्योग वाणिज्य संघ र डोटी उद्योग वाणिज्य संघसँगको समन्वयमा डोटीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका प्रदेश महासचिवलाई राहत सामग्री हस्तान्तरण गरेको हो ।

कात्तिक १३ गते बिहान २ बजे डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण घर भत्किदा ६ जनाको मृत्यु, ८ जना घाइते, २८ घरपरिवार विस्थापित भएको थियो ।