१ कार्तिक २०८३, आइतबार

आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रका लागि समर्पण गर्ने महेश बस्नेतको घोषणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २७ कात्तिक । नेकपा एमालेको पोलिटब्यूरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रका लागि समर्पण गर्ने घोषणा गरेका छन् ।

आज मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटारमा क्षेत्र नं. २ ‘ख’ प्रदेश स्तरीय आमसभालाई सम्बोधन गर्दै नेता बस्नेतले अब आफ्नो सम्पूर्ण ध्यान भक्तपुर र राष्ट्रको विकास र समृद्धिका लागि हुने बताए ।

‘मेरो त घरमा बा आमाले कहिलेकाहीँ खाना नखाई पुग्यो र खाना छ कि छैन भनेर सोध्यो भने पनि खबर नै गरिनस् भन्नुहुन्छ । परिवारले समेत महेश बस्नेत राष्ट्रको छोरो, दाइ, भाइ भइसक्यो भन्ने बुझ्नुभएको छ । त्यसैले अब मेरो जीवनको बाँकी समय राष्ट्रका लागि हुनेछ,’ बस्नेतले भने, ‘राष्ट्रको हितका लागि काम गर्दा कुनै प्रकारको लोभलालच तथा आर्थिक अनियमितता, भ्रष्टाचार म बाट हुने छैन । म भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको प्रतिवद्धतालाई शतप्रतिशत पूरा गर्नेछु ।’

आफु र २ नं. क्षेत्रका एमालेको उम्मेदवारको लोभ भनेको नै विकास र समृद्धिको साथमा जनताको चाहना पुरा गर्नु रहेएको उल्लेख गर्दै उनले बाँकी जीवन राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको पक्षमा रही देश विकासमा लाग्ने घोषणा गरे । आफूले कुनै पनि कुराको नेतृत्व गर्दा आर्थिक लोभमा कहिले पनि नपरेको उल्लेख गर्दै अबका दिनमा अझ बढी सक्रियताका साथ नेपाललाई विकसित राष्ट्र बनाउन लाग्ने बताए ।