१ कार्तिक २०८३, आइतबार

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू १:१ स्वाप रेसियोमा गाभिदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभिने भएका छन् ।

मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत अर्थात् १:१ स्वाप रेसियोमा गाभिने निर्णयमा पुगेका हुन् ।

यस अनुसार बैंक अफ काठमाण्डुमा १०० कित्ता सेयर हुनेले मर्जरपछि पनि १०० कित्ता नै सेयर पाउने छन् । सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी गराएको छ ।

दुबै बैंकले गत असार २ गते मर्जरमा जानका लागि सम्झौता गरेका थिए । मर्जरपश्चात् बैंकको चुक्ता पूँजी ३४.४१ अर्ब रुपैयाँ पुग्ने छ ।