
दैलेख, २७ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको रक्षा, भौगोलिक खखण्डता र राष्ट्रिय स्वतन्त्रताको रक्षाका निम्ति आफ्नो पार्टी एमालेको जन्म भएको बताएका छन् ।
आज आइतबार दैलेखमा आयोजित चूनावी सभामा ओलीले गठबन्धनमा रहेका दलहरूले राष्ट्रका लागि एउटा पनि राम्रो काम गर्न नसकेको भन्दै देशको रक्षा, भौगोलिक अखण्डता र राष्ट्रिय स्वन्त्रताका लागि जन्मिएको एमालेले सयौं राम्रा काम गरेको बताएका हुन् ।
शेर बहादुर देउवा पटक पटक प्रधानमन्त्री भए पनि लोकतन्त्र दरबारमा बुझाउने लगायत प्रतिगमनका काम मात्रै गरेको भन्दै ओलीले अदालतबाट सेटिङ र जालझेल गरेर आफूलाई सरकारबाट हटाइएको प्रष्ट पारेका छन् । वर्तमान सरकारले बजेट बनाउनेदेखि सबै काममा सेटिङ गर्दै राज्यलाई लुट्ने काम गरेको भनाइ ओलीको छ ।
एमाले सरकारले सुरू गरेको विभिन्न राजमार्ग लगायतका अन्य विकास निर्माणका कामलाई बजेट कटौती गरेर अहिलेको सरकारले अलपत्र पारेको उनको आरोप छ । अध्यक्ष ओलीले यस पटकको निर्वाचनले देशको भविष्यको फैसला गर्ने भन्दै फुटेका हाँडीको गठबन्धनलाई नभएर एमालेलाई निर्वाचित गर्नुपर्नेमा जोड दिएका छन् ।















प्रतिक्रिया