काठमाडौँ, २८ वैशाख । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘संविधानभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समिति’ को कार्यविधि आगामी तीन महिनाका लागि थप गरेको छ ।
बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले समितिले गत संविधानसभा निर्वाचनका क्रममा भएका अनियमितता र कमजोरी तथा आगामी निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने सम्बन्धमा सार्वजनिक बहस र स्थलगत अवलोकनका काम पूरा भइनसकेकाले अवधि थपका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । समितिको यसअघि तीनपटक अवधि थप भइसकेको छ ।
सो प्रस्तावलाई सभामुख सुवास नेम्वाङले बैठकमा सहमतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा सभाले सहमति दिएको थियो ।
गत २०७१ जेठ ३० मा गठित सो समितिले यसबीचमा संसद् बैठक सञ्चालन नभएकाले अवधि थपको प्रस्ताव पेस हुन नपाएको सभापति कर्णले जानकारी गराउनुभएको थियो ।
विसं. २०६४ मा भएको दोस्रो संविधानसभा निर्वाचनको परिणामप्रति एमाओवादीलगायत मधेसी दल असन्तुष्ट भएपछि राजनीतिक सहमतिका आधारमा संविधानसभा (व्यवस्थापिका–संसद्को कार्य सञ्चालन) नियमावली, २०७० को नियम ११६ को उपनियम (२) बमोजिम सो विशेष संसदीय समिति गठन भएको थियो ।















प्रतिक्रिया