
भक्तपुर, २६ कात्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको संघारमा भक्तपुरमा १५० जना युवा एमालेमा प्रवेश गरेसँगै कांग्रेसलाई झड्का लागेको छ ।
मध्यपुर थिमी नगरपालिका वडा नं. ३ निर्वाचन परिचालन कमिटीले गठ्ठाघरमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलका नेता तथा सक्रिय कार्यकर्ता एमालेमा ६० जना युवाहरु प्रवेश गरेका छन् ।
त्यस्तै क्षेत्र नं. २ ‘क’ सूर्यविनायक क्षेत्र प्रचार प्रसार कमिटीले आयोजना गरेको प्रदेश स्तरीय सभामा ५० जना तथा मध्यपुरको बोडेमा ४० जना युवाहरु कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेको छन् ।

नवप्रवेशीलाई नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ को उम्मेदवार महेश बस्नेत, केन्द्रीय सदस्य सोम मिश्र, निर्मल भट्टराई, बागमती प्रदेश सदस्य शशी जंग थापा, जिल्ला अध्यक्ष बचन देउजा, प्रदेश ‘ख’का उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ, प्रदेश ‘क’का उम्मेदवार किरण थापा लगायतले खादा तथा अविर लगाएर एमालेमा स्वागत गरे ।















प्रतिक्रिया