१ कार्तिक २०८३, आइतबार

अघिल्लो पटकको भन्दा फराकिलो मतान्तरले चुनाव जित्दैछु : विष्णु पौडेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २६ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अघिल्लो पटकको भन्दा पनि बढी मतान्तरले जित हासिल गर्ने दाबी गरेका छन् ।

रुपन्देही क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पौडेलले शनिबार घरदैलो गर्नेे क्रममा पत्रकारहरुसँगको कुराकानीमा निक्कै फराकिलो मतान्तरले चुनाव जित्ने दाबी गरेका हुन् ।

उपाध्यक्ष पौडेलले घरदैलो गर्ने क्रममा जनताले आफूहरुलाई देखाएको उत्साहपूर्ण सहभागिता, माया र आर्शीवादले पनि आफूले जित्ने कुरामा दुईमत नभएको बताए । विगतका निर्वाचनको तुलनामा भन्दा यस पटकको निर्वाचनमा जनताले देखाएको समर्थनले आफू उत्साहित बनेको उनको भनाइ छ ।

पौडेलले रुपन्देहीलाई विकासको हिसाबले देशकै नमूना जिल्ला बनाउन आफू लाग्ने बताए । उपाध्यक्ष पौडेलले रुपन्देहीलाई हरेक दृष्टिकोणले सम्पन्न बनाउने कुरामा आफू विगतदेखि नै लागि परेको जगजाहेर रहेको बताउँदै सबै मतदाताहरुलाई एमालेको सूर्य चिह्नमा मतदान गर्न आग्रह गरे ।