
गुल्मी, २६ कार्तिक । इस्मा गाउँपालिकाले महिला, किसान र अपाङ्गलाई प्रतिकुल हुने गरेर विभिन्न निर्णय गरेपछि अहिले यसको चर्को आलोचना भइरहेको छ ।
इस्मा गाउँपालिकामा नयाँ नेतृत्वपछि सयौं महिलाको अर्थोपार्जनसँग जोडिएका कार्यक्रमसमेत रोकेको छ । जसका कारण पशुपालनबाट आर्थिक समृद्धिको बाटोमा लागेका महिला रुष्ट बनेका छन ।
लेन्थ वर्कर ४ मंसिरबाट हटाउने गाउँपालिका तयारी गरेको छ । नयाँ बजेटबाट सुत्केरी भत्ता र अपांग भत्ता कटौती गरिएको छ । वडा नं ५ को प्रयोगशाला बन्द गरेर नागरिकलाई सेवाबाट बन्चित गराइएको छ । कोभिडमा ज्यान जोखिममा राखेर काम गरेका ल्याब टेक्निसियनलाइ बर्खास्त गर्ने निर्णय गाउँपालिकाले गरेको छ ।
गाउँपालिकाले व्यावसाय कर ४०० बाट १५ सय पुर्याएको छ भने किसानको निर्ब्ययाजी ऋण कटौती गरेको छ । अझै बिडम्बना त अति संवेदनशिल क्षेत्र मानिएको वडा नं ४ र १ को एम्बुलेन्स सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।
इस्मा १ र ४ का पहिरो पीडितका लागि अघिल्लो नेतृत्वले काम अगाडि बढाए पनि अहिलेको नेतृत्वले बाँकी काम अगाडि बढाउन चासोसमेत देखाएको छैन ।
पुराना गाडी चालक हटाएर मनोमानी रुपमा नयाँ चालक नियुक्त गरिएको पनि स्थानीयले गुनासो गरेका छन् ।













प्रतिक्रिया