१ कार्तिक २०८३, आइतबार

भक्तपुर–२ मा एकाएक उर्लियो एमालेको पक्षमा माहोल (फोटो फिचर)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको माहोल दिन प्रतिदिन तातिरहेको बेला भक्तपुर निर्वाचन क्षेत्र नं. २ को माहोल एकाएक नेकपा एमालेको पक्षमा उर्लिएको छ ।

एमालेका उम्मेदवारलाई जिताउन भक्तपुर–२ का जनता स्वत:स्फूर्त रूपमा घरदैलो तथा सडकमा आएका छन् । जनता सडकमा उर्लिएर घरदैलो गरेको र उम्मेदवारलाई गरेको स्वागत हेर्दा लाग्छ, एमाले विजयी भइसक्यो, घोषणा गर्नलाई मात्र निर्वाचन पर्खनु परेको छ ।

एमालेले क्षेत्र नं. २ को प्रतिनिधिसभाको उम्मेदवार पार्टीको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतलाई उठाएको छ भने प्रदेश सभा ‘क’ सूर्यविनायक क्षेत्रको लागि किरण थापा र ‘ख’ मध्यपुर क्षेत्रको लागि चन्दनकृष्ण श्रेष्ठलाई शसक्त रूपमा उम्मेदवार उभ्याएको छ ।

भक्तपुरको विकासमा कायापलट ल्याउन नेतृत्व गरेका बस्नेत, थापा र श्रेष्ठको पक्षमा अत्यधिक जनलहर आएको हो । दैनिक रूपमा गरिएको घरदैलो कार्यक्रममा जनताको सहभागिता दिनप्रतिदिन बढ्दै गएको छ भने विपक्षी गठबन्धन दलको कार्यक्रम सुस्ताउँदै गएको छ ।

एमाले प्रचार प्रसार कमिटीले आज सूर्यविनायक नगरपालिका वडा नं. ९ र मध्यपुर थिमी नगरपालिका वडा नं. ९ मा घरदैलो कार्यक्रम आयोजना गरेको थियो । सयौंको संख्यामा जनताको उत्साहपूर्ण सहभागिता रहेको कार्यक्रममा जनताले एमालेको उम्मेदवारहरू विजयी भइसकेको झल्को दिएका छन् ।

हेर्नुस् तस्वीरहरू–