२९ आश्विन २०८३, बिहिबार

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित नियुक्त

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरिएको जनाएको छ । ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए ।

नाबालिगलाई बलात्कारको आरोप लागेपछि क्यानले नियमित कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको थियो ।

बलात्कारको आरोपमा सन्दीप पुर्पक्षका लागि कारागार चलान भएका छन् ।