२९ आश्विन २०८३, बिहिबार

रौतहटमा प्रहरीद्वारा हवाई फायर

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । रौतहट मौलापुर नगरपालिका वडा नं ८ मा प्रहरीले हवाई फायर गरेको छ ।

शुक्रबार साँझ ६ बजे सोनरनियामा जाली नोट कारोबार भइरहेको सूचनाका आधारमा पक्राउ गर्न जाँदा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो ।

जाली नोट कारोबारमा संलग्न छ जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

पक्राउ पर्नेहरुमा बारा आदर्श कोतवाल गाउँपालिका-६ का २५ वर्षीय आनन्द कुश्वाहा, ४५ वर्षीया प्रतिमा देवी कुश्वाहा, २२ वर्षीया अमृता कुमारी, २९ वर्षीया बृज किशोर मुखिया, रौतहट मौलापुर ७ का २३ वर्षीय राजाराम साह, देवाही गोनाही ६ का २० वर्षीय धिरज प्रसाद ‍जैसवाल रहेका छन् ।