
काठमाडौं, २५ कात्तिक । कामु प्रधानन्याधीश हरिकृष्ण कार्कीले कानून व्यवसायीहरू सजग नभए न्यायपालिकामा आँच आउने बताएका छन् ।
शुक्रबार नेपाल कानून व्यवसायी परिषद्को २९औं परिषद् दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले न्यायपालिकामा आँच आउन नदिन नेपाल बार सधैं खम्बा भएर अघि बढ्नुपर्ने बताउँदै न्यायपालिकामाथि हस्तक्षेप गर्नेहरु पछाडि हट्न बाध्य भएको बताए ।
स्वतन्त्र न्यायप्रणाली स्थापित गर्न अदालत र कानून व्यवसायी एक–अर्काका परिपुरक भएको उनको भनाई छ । उनले मापदण्डकै आधारमा नियुक्ति, काज र सरुवालाई व्यवस्थापन गरे न्यायप्रणालीमा सकारात्मक नजिता आउने जिकिर गरे ।
उनले फरक मुद्दा पद्धति अवलम्वन गर्न तयारी भए पनि पुरानो मुद्दा सकिनुपर्ने भएकाले अब मध्यावधिक मूल्याङ्कन गरेर २०८१ देखि फरक मुद्दा पद्धति अवलम्बन गर्ने तयारी भएको उनले जानकारी दिए ।
कार्यक्रममा बरिष्ठ अधिवक्ताहरुलाई प्रमाणपत्र वितरण, पुरस्कार तथा सम्मान वितरण गरिएको थियो ।















प्रतिक्रिया