२९ आश्विन २०८३, बिहिबार

रुस-युक्रेन युद्व: खेर्सन शहर पुन: युक्रेनी सेनाको नियन्त्रणमा, रुसी सेनाले छाड्यो शहर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, २५ कात्तिक । रुसी सेनाले युक्रेनको खेर्सन शहर छाडेका छन् ।

युक्रेनी सेनाले रुसी सेनालाई पछाडि हट्न बाध्य तुल्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

रुसी रक्षा मन्त्रालयले यसलाई युद्व सुरु भएयताकै सबैभन्दा ठूलो धक्का भएको प्रतिक्रिया दिएको छ । रुसी सेनाहरु निप्रो नदी पार गरेर पारी पुगेका हुन् ।

युक्रेनी सेनाहरु खेर्सन शहरमा प्रवेश गरेपछि स्थानीयले झण्डा फहराउँदै सेनालाई स्वागत गरेका थिए । पछिल्लो समय युक्रेनले रुसी सेनामाथि आक्रमण तीव्र पारेको छ ।