
काठमाडौं, २५ कात्तिक । अस्ट्रेलियाको मेलबर्नमा अध्ययनसँगै रोजगाररत नव गायक रोहितसिंह थापाको डेब्यु म्युजिक भिडियो ‘जुनेली रात’ को टिजर सार्वजनिक भएको छ ।
रोमान्टिक भर्सनको गीतमा शब्द रोशन श्रेष्ठको रहेको छ भने संगीत कल्याण सिंहको रहेको छ । अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरूमाहरूमा छायाँकन गरिएको म्युजिक भिडियोमा स्वयम् गायक रोहितसिंह थापा र दुर्गा भण्डारी बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ ।

ग्यान्योनले छायांकन गरेको भिडियोको पोस्ट प्रडक्शनको काम जी क्रियशनमार्फत भइरहेको छ । भिडियो नयाँ वर्ष २०८० को अवसर पारेर सार्वजनिक गर्ने तयारी रहेको गायक थापाले बताएका छन् ।
टिजर गायक थापाको युट्युव च्यानल ‘जुनेली रात’ मार्फत सार्वजनिक गरिएको छ ।



https://youtu.be/X8zBZb_ivNI















प्रतिक्रिया