
काठमाडौं, २५ कात्तिक । तारा सितारा प्रोडक्सनमार्फत प्रिति आलेको स्वरमा ‘प्रदेशको होइन केन्द्रकै सरकार ढल्छ’ बोलको गीतको भिडिओ सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा नृपेश उप्रेतीको शब्द रचना र विकास चौधरीको संगित रहेको छ । रोशन बान्तवाले संगीत संयोजन गरेको गीतको गोबिन्द सोनीले मिक्स तथा मास्टरिङ्ग गरेका छन् । कृष्ण पौडेलले निर्देशन गरेको भिडियोमा इन्दु दनुवार, युवराज खत्री, टेक अधिकारी फिचर्ड छन् ।
भिडिओको छायाँकन सुजन श्रेष्ठले गरेका हुन् भने सम्पादन युवराज खत्रीले गरेका छन् । प्रविन थापाले कोरियोग्राफी गरेको डान्सिङ्ग नम्बरको भिडियो दोलालघाटमा छायाँकन गरिएको हो । भिडियो तारा सितारा प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।















प्रतिक्रिया