१ कार्तिक २०८३, आइतबार

तुलसीपुर डान्स आइडलमा आज सेमिफाइनलको प्रतिस्पर्धा हुँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर (दाङ), २५ कात्तिक । दाङको तुलसीपुरमा जारी लोक नृत्य प्रतियोगितामा आज सेमिफाइनलको प्रतिस्पर्धा हुने भएको छ ।

सेमिफाइनलको प्रतियोगितामा सात जनाले प्रतिस्पर्धा गर्ने आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिए ।

नवप्रतिभालाई उजागर गर्नका लागि गत असोज ३० गतेदेखि तुलसीपुरमा लोक नृत्य प्रतियोगितामा सञ्चालन भइरहेको छ । आज सेमिफाइनलबाट छनोट भएकाले फाइनलमा प्रतिस्पर्धा गर्न पाउने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने बिजेताले नगद १ लाख रुपैयाँसहित तीन वटा कार्टुन रारा चाउचाउ प्राप्त गर्ने भएको छ । यस्तै दोस्रो हुनेले नगद ५० हजार र दुई कार्टुन चाउचाउ र तेस्रो हुनेले नगद २५ हजार १ कार्टुन चाउचाउ प्राप्त गर्ने भएका छन् ।