१ कार्तिक २०८३, आइतबार

लेबनान पाँचौं पटक नयाँ राष्ट्रपति चयन गर्न असफल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेरुत, २५ कात्तिक । लेबनानको संसद्ले बिहीबार पनि नयाँ राष्ट्रपति चयन गर्न असफल भएको छ ।

राजनीतिक दलहरूले रिक्त राष्ट्रपति पदका लागि आवश्यक मत नपुक्दा नयाँ राष्ट्रपतिको निर्वाचन अन्योलमा परेको राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ।

कुल १२८ मध्ये १०८ जना सांसदको सहभागिता रहेको मतदान सत्रमा संसद सदस्य मिसेल मोवाडलाई ४४ मत, प्राध्यापक इसाम खलिफेलाई ६ मत, पूर्व गृहमन्त्रीलाई एक मत परेको थियो ।

यसैगरी जियाद बराउड र लेबनानको उच्च परिषद को पूर्व महासचिव जियाद हायेकको लागि एक भोट परेको थियो भने ४७ भोट खाली थियो।

अक्टोबर ३१ मा समाप्त भएको पूर्व राष्ट्रपति मिशेल आऊनको उत्तराधिकारी चयन गर्न संसद असफल भएको यो पाँचौं पटक हो । योसँगै देश थप राजनीतिक अनिश्चिततामा पुगेको छ ।

लेबनानको राष्ट्रपति पद यसअघि पनि पटक(पटक खाली भइसकेको छ ।

लेबनानको सदनका सभामुख नाबिह बेरीले नयाँ राष्ट्रपतिको निर्वाचनका लागि नोभेम्बर १७ मा अर्को संसदीय अधिवेशन बोलाउन आह्वान गरेका छन् ।