२९ आश्विन २०८३, बिहिबार

चुनावमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । मंसिर ४ मा हुने चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले सार्वजनिक सूचनामार्फत चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई अनिवार्य रुपमा खटाइएको ठाउँमा जान अनुरोध गरेको छ।

आफू खटिएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही गरिने कार्यालयले जनाएको छ। जिल्लाभर रहेको दुई सय ३१ मतदान केन्द्रमा एक हजार आठ सय ५७ कर्मचारी र नौ सय ३० स्वयंसेवक खटिने भएका छन्।

सङ्घतर्फ दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल एक लाख ९२ हजार दुई सय २६ मतदाता रहेका छन्। १ नम्बर क्षेत्रमा ९६ हजार छ सय ६५ र २ नम्बर क्षेत्रमा ९५ हजार पाँच सय ६१ मतदाता छन्।