काठमाडौं, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी ब्लूपीएल ट्रेल ब्लेजर अवार्डबाट सम्मानित भएकी छिन् ।
विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर (डब्लूपीएल)ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ट्रेलब्लेजर अवार्डबाट सम्मान गरेको हो ।
आइसल्याण्डमा आयोजित रेक्साभिक ग्लोबल फोरममा राष्ट्रपति भण्डारीलाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा विश्वका प्रतिष्ठित महिलाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा भाग लिन उनी गत सोमबार आइसल्याण्ड गएकी थिइन् । राष्ट्रपति भण्डारी यही कात्तिक २६ गते शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।













प्रतिक्रिया