
काठमाडौं, २४ कात्तिक । टी–२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनलमा आज भारत र इंग्ल्याण्ड खेल्दैछन् ।
हालसम्म भारत र इंग्ल्याण्डबीच २२ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा भारतले १२ खेल जितेको छ भने इंग्ल्याण्ड १० खेल जितेको छ ।
दोस्रो सेमिफाइनलमा खेल अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ ।
आजको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्न पाउनेछ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान फाइनलमा प्रवेश गरेको हो ।
फाइनल खेल आउँदो आइतबार पौने दुई बजे हुनेछ ।















प्रतिक्रिया