२९ आश्विन २०८३, बिहिबार

विरोध खतिवडामाथि कुटपिट गर्ने खड्का रिहा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २३ कात्तिक । नेकपा एकीकृत समाजवादी (एस) का स्थायी कमिटी सदस्य तथा सत्ता गठबन्धनकोतर्फबाट मकवानपुर-२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका विरोध खतिवडा माथि कुटपिट गर्ने पुरुषोत्तम खड्का रिहा भएका छन् ।

मंगलबार दिउँसो चुनावी सभामा सहभागी हुन आफ्नो क्षेत्र मकवानपुर-२ को मनहरी-४ गोलघर पुगेका पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका खतिवडामाथि स्थानीय ५० वर्षीय पुरुषोत्त खड्काले कुटपिट गरेका थिए ।

खतिवडाले नै खड्कालाई छाडिदिन गरेको आग्रह गरेपछि प्रहरीले उनलाई रिहा गरेको हो ।

प्रहरीले खड्कालाई बुधबार अपरान्ह ३ बजे आफन्तको जिम्मा लगाएर छाडेको हो ।