
काठमाडौं, २३ कात्तिक । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ६ सय ३७ जनाको नमुना परिक्षण गरिएकोमा पिसिआर परीक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा १२ जना संक्रमित निको भएका छन् । कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन ।
हाल देशभर ५ सय ६७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।













प्रतिक्रिया