२९ आश्विन २०८३, बिहिबार

मन्त्री मेटमणी चौधरीलाई कारबाही गर्न माग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । शहरी विकासमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दाङ क्षेत्र नम्बर-१ का उम्मेदवार रहेका मेटमणी चौधरीलाई कारबाही गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

मन्त्री चौधरीले एक टेलिभिजन कार्यक्रममा मधेसी समुदायमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै मधेशी नगरिक समाजले आयोगमा उजुरी दर्ता गरेको हो ।

उनको अभिव्यक्तिले मधेसी नागरिकको संवेदनामा प्रहार भएको भन्दै कारबाहीको माग गरिएको हो ।