२ कार्तिक २०८३, सोमबार

राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिका असाधारण : अध्यक्ष ओली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २२ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिका असाधारण रहेको बताएका छन् ।

मंगलबार झापाको शनिश्चरेस्थित सालबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विचार, संगठन, काम, कार्यक्षमता र अनेक हिसाबले एमाले देशको प्रमुख पार्टी भएको बताउँदै असाधारण भूमिका खेलेको बताएका हुन् ।

यस्तै उनले झापा क्षेत्र नम्बर २ मा गठबन्धनले उम्मेदवार नपाएर एमालेकै कार्यकर्तालाई चोरेर उम्मेदवार बनाएको पनि टिप्पणी गरेका छन् । अहिलेका गठबन्धनका उम्मेदवार सो क्षेत्रका एमाले उम्मेदवार देवराज घिमिरेका साधारण कार्यकर्ता मात्र भएको ओलीको भनाइ छ ।