२ कार्तिक २०८३, सोमबार

अब तीव्र गतिमा सावारी चलाउनेले पनि ट्राफिक सचेतना कक्षा अनिवार्य लिनुपर्ने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । अबदेखि तीव्र गतिमा सावारी साधन चलाउने चालकले पनि अनिवार्य रूपमा ट्राफिक सचेतना कक्षा लिनुपर्ने भएको छ ।

काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र्र गतिमा सवारी साधन चलाउने चालकहरूलाई नियम अनुसार जरिवाना गर्नाका साथै अनिवार्य रूपमा १ घण्टाको सचेतना कक्षा सञ्चालन गर्ने भएको हो ।

अहिलेसम्म मापसे गरेर सवारी साधन चलाउने, लेन नियम उल्लङघन गर्ने र रातो बत्ती क्रस गरेमा नियम अनुसार कारबाही गरी अनिवार्य रूपमा सचेतना कक्षा लिनुपर्ने व्यवस्था रहेकोमा २०७९ मंसिर १५ गतेदेखि तीव्र गतिमा सवारी साधन चलाउनेले पनि अनिवार्य रूपमा सचेतना कक्षा लिनुपर्ने काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

काठमाडौ उपत्यकामा हुने सवारी दुर्घटनाको मुख्य कारण तीव्र गतिमा सवारी साधन चलाउनु रहेको भन्दै ट्राफिक प्रहरीले तीव्र गतिका कारण हुने दुर्घटनामा मानवीय क्षति समेत बढी हुने गरेको बताएको छ । आर्थिक वर्ष २०७८/०७९ मा ३५४३ र चालु आर्थिक बर्षको ३ महिनाको ६४९ ओटा सवारी दुर्घटनाहरू तीव्र गतिका कारण भएका छन् ।