२ कार्तिक २०८३, सोमबार

गठबन्धन दलहरुले मानेनन् आचारसंहिता, निर्वाचन आयोग मौन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, २२ कात्तिक । दोलखामा गठबन्धनमा आवद्ध दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको गम्भिर रुपमा उल्लंघन गरेका छन् ।

आचारसंहिताविपरीत उनीहरुले सार्वजनिक स्थलहरुमा व्यानर राख्ने, पार्टीको लोगो भएको प्रचार सामग्रीहरु वितरण गर्ने लगायत कार्यक्रमहरु गरेको पाइएको छ ।

नेकपा एमालेका कार्यवाहक उपाध्यक्ष राजेन्द्र मानन्धरले यस्तो गैरकानुनी कामका बारेमा आफूहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको जानकारी दिए । निर्वाचन आचारसंहिताका विरुद्धमा हुने सबै किसिमका क्रियाकलापको एमाले घोर विरोध गर्ने मानन्धरको भनाइ छ ।

गठबन्धनले यसअघि पनि जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आफ्नै पालिकामा जिम्मेवारी दिएर आचारसंहिता उल्लंघन गरेको थियो । यसमा आयोगले पत्राचार गरी आइन्दा यस्ता कार्यहरु नदोहोर्याउन चेतावनी दिएको थियो ।

सत्ता र शक्तिको आडमा गठबन्धनले निरन्तर रुपमा आचारसंहिता उल्लंघन गर्दै आएको पाइएको छ । यसबाट दोलखामा स्वच्छ निर्वाचन हुनेमा प्रश्न उठ्ने सम्भावना बढेको छ ।