
काठमाडौं, २१ कात्तिक । भुक्तानी प्रणाली सञ्चालक फोन–पेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ ।
नेपाललाई क्यासलेस बनाउने योजना अनुसार ‘नगद छोडौं, फोन–पे गरौं’ नारासहित तीन वर्षअगाडि स्थापना भएको फोन–पेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको हो ।
फोन–पे नेटवर्कमार्फत हाल दैनिक ४ अर्ब बढीको कारोबार हुँदै आएको छ । वित्तीय क्षेत्रमा फोन–पेले बनाएको यो नयाँ रेकर्डसँगै डिजिटल भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तन समेत आएको कम्पनीले दाबी गरेको छ ।
फोन–पेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन् । गाउँगाउँसम्म विस्तार भइसकेको फोन–पे क्यूआर शहरका अधिकांश पसलमा देखिन थालेका छन् ।















प्रतिक्रिया