
काठमाडौं, २१ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज सोमबार तीन वटा जिल्लाका विशाल चुनावी सभालाई सम्बोधन गरेका छन् ।
बिहान जहाजमार्फत पोखरा पुगेका अध्यक्ष ओलीले सुरुमा पोखरा सभागृहमा कास्कीको सभालाई सम्बोधन गरे । कास्कीमा एमालेका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमृुख खगराज अधिकारी लगायतका नेता उम्मेदवार छन् ।

त्यसलगत्तै अध्यक्ष ओली बागलुङको बुर्तिवाङ पुगे । बागलुङमा एमालेको लहर छ ।

बागलुङको बुर्तिवाङको कार्यक्रम सकेपछि अध्यक्ष ओली स्याङ्जा पुगेका थिए । स्याङ्जामा एमालेकी सचिव पदमा अर्याल लगायतका नेता उम्मेदवार छन् ।
















प्रतिक्रिया