२ कार्तिक २०८३, सोमबार

नुवाकोट–१ मा राप्रपा नेपालकी उम्मेदवार न्यौपानेले एमालेलाई सहयोग गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नुवाकोट–१ बाट उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालकी उम्मेदवार पुष्पा न्यौपानेले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएकी छिन् ।

आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर न्यौपानेले पार्टी अध्यक्ष कमल थापाको निर्देशनमा आफ्नो उम्मेदवारी निस्क्रिय बनाएको र नेकपा एमालेका उम्मेदवारलाई समर्थन गरेको स्पष्ट पारिन् ।

प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी सोही क्षेत्रकी न्यौपानेले भनिन्, ‘पार्टीका अध्यक्ष स्वयम् सूर्य चिह्नबाट चुनाव लडेको हुँदा, मैले आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीको निर्देशनअनुसार नुवाकोट–१ का सूर्य चिह्न लिएर उम्मेदवारी दिएका एमालेका उम्मेदवारहरूलाई समर्थन गर्दछु ।’

नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका तर्फबाट बद्री मैनाली उममेदवार छन् । यस्तै नुवाकोट–१ (क) मा सुशील कुमार खड्का र (ख) मा पूर्णलाल श्रेष्ठ उम्मेदवार छन् ।