२ कार्तिक २०८३, सोमबार

गायक प्रकाश दूतराजले गरे अष्ट्रेलियामा आत्महत्या प्रयास

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । चर्चित लोकगायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्या प्रयास गरेका छन् ।

कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका गायक प्रकाशले आयोजकले राखेको फ्ल्याटमा राति दुई बजे झुण्डिने प्रयास गरेका हुन् । उनीसँगै रहेकी गायिका भूमिका गिरीले थाहा पाएपछि प्रकाशलाई आत्महत्या गर्न रोकेकी थिइन् ।

गायक प्रकाश र गायिका भूमिका कन्सर्टका लागि २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए । आयोजकले व्यवस्था गरेको फ्ल्याटको आफू सुत्ने कोठामा गायक प्रकाशले झुण्डिने प्रयास गरेको देखेपछि गायिका गिरीले आत्महत्या गर्न रोकेकी थिइन् । प्रकाशको अवस्था सामान्य रहेको बताइएको छ ।

सानो उमेरमै फरक धारका लोकगीतहरू ल्याएर दर्शकको मन जितेका प्रकाशले किन आत्महत्या गर्न खोजे ? कारण खुल्न सकेको छैन् । उनको ‘घर कता हो बैनी !’ को बोलको गीत करोड क्लबमा छ । यसैगरी, ‘जाम भो माइली’, ‘चोली मैलै भो’, ‘रेलिमाई’ लगायत गीत पनि चर्चित छन् ।