२ कार्तिक २०८३, सोमबार

नेकपा एसले जुम्ला र कर्णालीका यी पाँच नेतालाई गर्‍यो कारबाही

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जुम्ला र कर्णाली प्रदेश कमिटीका पाँच जना नेतालाई कारबाही गरेको छ ।

पार्टीको विभिन्न जिम्मेवारीमा रहेका नेताहरूले पार्टीविरोधी शक्तिसँग साँठगाँठ गरेको भन्दै आइतबार देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई कारबाही गरेको हो ।

उनीहरूले पार्टीविरुद्ध षडयन्त्र गरेका पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरिएको नेकपा एसले जानकारी दिएको छ । उनीहरूलाई कारबाहीपछि जुम्ला पार्टीको जिम्मेवारी पार्टी केन्द्रीय सदस्य तीर्थबहादुर बुढालाई दिएको महासचिव डा. वेदुराम भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।