रसुवा, २८ वैशाख । भूकम्पसँगै रसुवा हाकुको गोगने भीरमा झरेको पहिरोमा पुरिरहेका ३६मध्ये १३ जनाको शव फेला परेको छ ।
सेना र निजी हेलिकप्टरबाट आइतबार दिउँसो ती शवलाई शान्तिबजार पुराइएको छ ।
माथिल्लो त्रिुशली १ जलविद्युत आयोजनाको प्रवेशमार्गमा काम गरिरहेका ३३ मजदुर र एक प्रहरी तथा दुई स्थानीय पुरिएको नयाँ पत्रिका दैनिकले छापेको छ ।
भूकम्प गएको १५ दिनपछि उद्धार टोली त्यहाँ पुगेको हो ।















प्रतिक्रिया